Friday, May 18, 2018

Day of the life.......wedding day (late post of 2074.08.07)

भविले बनाएको यो जोडीमा नजर लाग्दैन कैले
संसार देखाउने आमा को आशीर्वाद छ जाईले
माया तिमीलाई मेरो हुनेछैन कम
बाचा छ तिमीलाई सदा जोडिनेछ हाम्रो नाम
Love u forever, my love......

लुकिरहेका बादलमा तिम्रो आकृति खोज्न थाले
मौलाइरहेको फूलहरुलाई तिम्रो मुस्कान हेर्न थाले,
धेरैपछि को पर्खाइमा तिम्रो आभास हुनथाले,
जति नै दु भएपनि मेरो मुहार हाँस्न थाले।।



जिन्दगी को मोल


जिन्दगी को मोल म संग नसोध
माया को तोल म संग नगर
म त केबल एउटा पाङ्ग्रा हूँ,
रथ डोर्याउने सारथी होइन
म त केबल एउटा मनुष्य हुँ,
भाग्य लेख्ने विदाता होइन।
बिदाता को, भनी फेरि नसोध मलाई
म त सुरोको टुप्पा मा रहेको घिऊ परे ,
हर शक्ति को अगाडि झुक्नु पर्ने
अनि बाँच्नको निमित्त, आफ्नो जिन्दगी नैं बिर्सिनु पर्ने..

आमा,


आमा, तिमीलाई हेर्न मलाई औंसी कुर्नु पर्दैन
तिमीलाई ढोग्न मलाई कुश छुनु पर्दैन
तिमी त मेरी आमा हौ , मेरो हर कुरा बुझ्ने
मलाई गाली गर्ने , माया गर्ने अनि
मेरो हर प्रेरणा को स्रोत हौ
अब बस मलाई तिम्रो हाँसो चाईएको छ
सारा दुःख भुलाएर देखिने त्यो मुस्कान चाइएको छ



कुनै कुरा सत्य लाग्दैन मलाई केबल तिम्रो न्यनोपन बहेक
हरेक कुरा झुठा सबित भाईगये केबल तिम्रो माया बहेक
यो धर्ती मा हिंड्न सिकयौ, कै कुरा बोल्न सिकयौ,
अरु के नै चाहिन्छ र अब, तिमी ले नै यहाँ बाँच्न सिकयौ


जीवन को बेजोड भाग सगै, आमा प्रति को मेरो बुझाइ अझै परिष्कृत, विशाल अनि भावपूर्ण भएका छन्, आमा ले गर्ने त्याग, माया, ममता, अनि विश्वास को म नमन् गर्छु अनि समर्पित गर्छु हर आमा लाई जसले आफ्ना हर ईच्छा, आकांक्षा लाई बेमतलब गरी आफ्नो सन्तान को खुसी को लागि लगिपर्छिन।


Break the goal of high economic growth

 (It was published on Karobar Daily; Baishakh 18, 2077) As the economy shrinks due to coronavirus (Covid-19), Nepal's economic gro...