आमा, तिमीलाई हेर्न मलाई औंसी कुर्नु पर्दैन
तिमीलाई ढोग्न मलाई कुश छुनु पर्दैन
तिमी त मेरी आमा हौ , मेरो हर कुरा बुझ्ने
मलाई गाली गर्ने , माया गर्ने अनि
मेरो हर प्रेरणा को स्रोत हौ
अब बस मलाई तिम्रो हाँसो चाईएको छ
सारा दुःख भुलाएर देखिने त्यो मुस्कान चाइएको छ
कुनै कुरा सत्य लाग्दैन मलाई केबल तिम्रो न्यनोपन बहेक
हरेक कुरा झुठा सबित भाईगये केबल तिम्रो माया बहेक
यो धर्ती मा हिंड्न सिकयौ, कै कुरा बोल्न सिकयौ,
अरु के नै चाहिन्छ र अब, तिमी ले नै यहाँ बाँच्न सिकयौ
जीवन को बेजोड भाग सगै, आमा प्रति को मेरो बुझाइ अझै परिष्कृत, विशाल अनि भावपूर्ण भएका छन्, आमा ले गर्ने त्याग, माया, ममता, अनि विश्वास को म नमन् गर्छु अनि समर्पित गर्छु हर आमा लाई जसले आफ्ना हर ईच्छा, आकांक्षा लाई बेमतलब गरी आफ्नो सन्तान को खुसी को लागि लगिपर्छिन।