Thursday, April 23, 2020

मजदुरी

काहाँ छ त्यो घाउ ।
जाबो घाउ!
आज छ भोली फेरी निको हुने घाउ,
निको भएसँगै त्यसमा बस्ने खत न हो,
आदत परीसकेको खत को के कुरा ।।
हिजो नि घाउ मा नुन हालेकै हुन,
आज मलम पट्टी को के कुरा।।
हामी त कम्जोर मान्छे सायव, कठैबरा भन्ने बोली तपाईंको
हामी त ज्याला मजदुरी गर्ने सायब, फोहोरी र  छिछि भन्ने शब्द तपाईंको
तपाईं त घर मै हो नि सायब भौतारिने त हामी छम नि।।
आयो होला ४ महिनाको रासन तपाईँको हाम्रो त भाको खोले पनि सकेछ
राहत सायब, तपाईं र मलाई बराबरी नि।।
तपाईं लिदिनु न, आधा आधा गरौला
कहाँ छ त्यो घाउ जाबो घाउ।।।

No comments:

Post a Comment

Break the goal of high economic growth

 (It was published on Karobar Daily; Baishakh 18, 2077) As the economy shrinks due to coronavirus (Covid-19), Nepal's economic gro...